काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवको अवसरमा जेठ ४ गतेदेखि जेठ १० गतेसम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत् विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्दि्रय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।
साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्दि्रय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो ।
यसका साथै बैंकको केन्दि्रय कार्यालयमा नि:शुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्दि्रय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरु: जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
वार्षिक उत्सवको महत्त्वपुर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्