काठमाडौं । बीमा प्राधिकरणले बीमा प्रतिबिम्ब प्रकाशन सुरु गरेको छ । बीमा सम्बन्धि सबै गतिविधिहरु समेटेर प्राधिकरणले बीङ्गा प्रतिबिम्ब प्रकाशित गर्न सुरु गरेको हो ।
बीमा सम्बन्धि सम्पुर्ण जानकारी दिने उदेश्यले प्रतिबीम्ब प्रकाशन सुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बताए । उनले भने, “बीमा सम्बन्धि सम्पुर्ण गतिविधिको जाकारी दिने हिसाबले हाउस जर्नल प्रकाशितथ गरेका छौं, यो प्रत्येक महिना सार्वजनिक हुनेछ ।”
बीमा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ हो, जसले वित्तीय सुरक्षाका साथै दीर्घकालीन लगानी र सामाजिक स्थायित्वमा योगदान पुऱ्याउँछ । नेपालमा यस क्षेत्रको प्रभावकारी नियमन, अनुगमन, तथा विश्लेषणको कार्य नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले गर्ने गर्दछ ।
नेपाली बीमा बजारमा आ.व. २०८१/८२ को चैत्र मसान्तसम्म ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । कार्य प्रकृतिको आधारमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा (३ जीवन लघुबीमा र ४ निर्जीवन लघुबीमा) र २ पुनर्बीमा कम्पनीले व्यवसाय गर्दै आइरहेका छन् ।
त्यसैगरी, नेपालको कुल गार्हस्थ्य उत्पादनमा बीमाको योगदान बढ्दो क्रममा रहेको छ। साथै, बीमा ऐन, २०७९ ले निर्देशित गरेको कार्य क्षेत्र भित्र रही प्राधिकरणले आफ्नो काम कार्यवाही गर्दै आएको छ ।
बीमा क्षेत्रमा मुख्य तथ्यांकहरुको विश्लेषणले बीमा क्षेत्रमा भएको प्रगति, चुनौतीहरू, तथा नीतिगत आवश्यकताहरूको पहिचान गर्न सहयोग पुऱ्याउँछ ।
यस मासिक तथ्यांक संस्करण मार्फत बीमा पहुँच, बीमकहरूको वित्तीय अवस्था, दाबी, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायतका प्रमुख सुचकहरुको अध्ययन गरिएको प्राधिकरणले जनाएको छ ।
यो विश्लेषण बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता, तथा नीतिनिर्माणका लागि आधार हुनेछ । साथै, बीमकहरु, नीति निर्माता, अनुसन्धानकर्ता, र आम सर्वसाधारणलाई उपयोगी जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको प्राधिकरणको भनाई छ । प्राधिकरण अध्यक्षमा सदर ओझा नियुक्त भएपछि प्रतिबिम्ब प्रकाशन गर्न सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्