काठमाडौं । सरकारले उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई गाभेर बहुमत सेयर निजी क्षेत्रलाई बेच्ने निर्णय गरेको छ ।
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरिय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार सरकारले आगामी एक बर्षभित्र उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टलाई गाभ्ने निर्णय गरेको हो । यी दुई सिमेन्ट उद्योगको डिडिए गरेर गाभ्ने र बहुमत सेयर निजी क्षेत्रलाई दिने निर्णय गरेको हो ।
सोही अन्तर्गत निश्चित प्रतिशत आईपीओ निष्काशन गर्ने निर्णयमा सरकार पुगेको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा यी दुई उद्योग गाभेर एक बर्षभित्रै सञ्चालनमा ल्याउने पनि सरकारको निर्णयमा उल्लेख छ । एकिकृत कम्पनीमा सरकारको सेयर स्वामित्व भने निश्चित प्रतिशत मात्रै रहनेछ ।
प्रतिक्रिया दिनुहोस्