Skip to content
Shikhar Insurance
National Life

वृद्ध भत्ता पाउने उमेर २ बर्ष बढाउने तयारी

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर २ बर्ष बढाउने भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेट बाटै वृद्ध भत्ता पाउने उमेर २ बर्ष बढाउन लागेको हो । हाल ६८ बर्ष पुगेका नागरिकहरुलाई मासिक ४ हजार रुपैयाँ वृद्ध भत्ता दिईँदै आएको छ । अब भने ७० बर्ष पुगेपछि मात्रै वृद्ध भत्ता पाइनेछ ।

२०५१ सालमा एमाले नेतृत्वको तत्कालिन सरकारले मासिक एक सय रुपैयाँबाट वुद्ध भत्ता आरम्भ गरेको थियो । जनार्दन शर्माले २०७९ सालमा वृद्ध भत्ता पाउने उमेर घटाएर ६८ बर्ष बनाएका थिए । रामेश्वर खनाल नेतृत्वको उच्चस्तरिय आर्थिक सुझाव आयोगले वृद्ध भत्ता पाउने उमेर बढाउन सुझाव दिएको थियो । सरकारले सो सुझाव कार्यान्वयन गर्ने निर्णय गरेसँगै यसै बर्षदेखि वृद्ध भत्ता पाउने उमेर ७० बर्ष पुर्याउन लागिएको हो ।

र अब वृद्ध भत्ता पाउने राष्ट्रिय परिचय पत्र समेत अनिवार्य गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्