Skip to content
Shikhar Insurance
National Life

प्रतिकित्ता ३ सय ९० रुपैयाँमा छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ३३ हजार ९ सय ७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सुशिला देवि अग्रवालको नाममा रहेको ६९ हजार ६ सय ७५ कित्ता र लोकमान्य गोल्छाको नाममा रहेको ६४ हजार ३ सय ६ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ९० रुपैयाँ रहेको छ ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकला गरी कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा पुग्नेगरी आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्