काठमाडौं । आरएमसी ग्रुपको पाल्पा सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, कम्पनीको ब्याज कभरेज रेसियो २०२२ मा १.८६, २०२३ मा १.२३, २०२४ मा १.३४ र २०२५ को ६ महिनामा १.३९ रहेको छ ।
सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यवसायिक उत्पादन सुरु गरेको थियो । सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट ४३ र ५३ ग्रेडको उत्पादन गर्दै आएको छ भने पीपीसी र पीएससी सिमेन्ट तान्सेन ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीसँग दैनिक १८ सय मेट्रिक टन क्लिङ्कर र २२ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ।
प्रतिक्रिया दिनुहोस्