Skip to content
Shikhar Insurance
National Life

‘मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएका छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराएका हुन् ।

मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् । त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताए । विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरु रहेको बताउँदै यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने दाबी गरे ।

यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताए । मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि उल्लेख गरे ।

सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताए । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताए ।

उनले भने, ‘१० वर्षमा विपद्जन्य घटनाहरु हेर्दा बाढी, पहिरो, भारी वर्षा, चट्याङ त्यस्ता खालका घटनाहरु धेरै छन् । बाढीका १ हजार ६ सय २, पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको छ । २ हजार ४ सय छन् । ८ हजार ४ सय ४१ घटनाहरु मनसुनजन्य विपद्को हाम्रो १० वर्षमा भएका छन् ।’

उनले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्