Skip to content
Shikhar Insurance
National Life

दाजुभाइबीच सेयर कारोबार चन्द्र ढकाल बोर्डको सदस्य बन्नुअघि नैः महासंघ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो ।

नेपाल धितोपत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो । विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै सेयर कारोवार गरिएको हो ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मङ्सिर १४ मा गरिएको सेयर कारोवारको विषयलाई जोडेर अहिले गलत प्रचार भएको सो विज्ञप्तिमा उल्लेख छ । भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने हुँदा सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न महासङ्घले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE