Skip to content
Shikhar Insurance
National Life

निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।  बैंकले ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो।

बैंकले ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र निष्कासन २०८८–८९’ गर्ने भएको छ। यसमा आवेदन दिंदा घटीमा २५ कित्ता र बढीमा १० लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते हुनेछ।

साथै, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्