काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ । बोर्डले आज (बुधबार) नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।
अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्नेछन् । नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ, जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ ।
सोमध्येमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्