काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन् । प्रधानन्यायधिस प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरी पदभार ग्रहण गरेका हुन् ।
गभर्नर पौडेलले पहिलो निर्णय नयाँ नोट छाप्ने गरेका छन् । गभर्नर पौडेलले पदभार ग्रहण गर्दै भने, “हाम्रो पहिलादेखि नै राष्ट्र बैंकले गर्ने भनेको आर्थिक अवस्था चलायनमान बनाउने हो । पहिलो निर्णय १००० र ५० रुपैयाँ दरका नोटहरुको डिजाइन गर्छौ । डिजाइन समिति हुन्छ । यसपछि छपाई गर्न टेण्डर गर्छौं । सुपरिवेक्षण्को क्षमता बढाउँनु पर्ने छ । सर्वसाधारणको पैसा बैंकमा जम्मा रहेको छ । त्यो पैसाको सुरक्षा गर्नुपर्ने प्रमुख दायित्व छ ।”
प्रतिक्रिया दिनुहोस्