काठमाडौं । साताको चौँथो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । बुधबार सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँ कारोबार भएको छ । चाँदी अघिललो दिन १ हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्