Skip to content
Shikhar Insurance
National Life

गभर्नर रेसमा पुर्व सचिव दिनेश भट्टराईको इन्ट्रि, विश्व र निलमको नाम सिफारिस

Hyundai
NCELL
NIMB

काठमाडौं । पहिलो पटक बसेको गभर्नर सिफारिस समितिको बैठक सकिएको छ । राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी बैठक सम्पन्न भएको हो ।

बैठक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बैठक कोठामा बसको थियो । बैठकमा सिफरिस समिति सदस्यहरु पुर्व गभर्नर महाप्रसाद अधिकारी विज्ञ सदस्य डा. पोषराज पाण्डेय र राजस्व सचिव दिनेश घिमिरे सहभागी थिए ।

बैठकले १ नम्बरमा विश्वनाथ पौडेल २ नम्बरमा डेपुटी गभर्नर निलम ढुङगाना र ३ नम्बरमा पुर्व गृह सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको स्रोतले बताएको छ । भट्टराई सुनसरी जिल्लामा जन्मिएका हुन् । अधिकृतबाट सहसचिव परिक्षामा नाम निकालेका भट्टराईले पाँच वर्षे कार्यकाल सकेर सेवा निवृत्त भैसकेका छन् । उनी नारायण काजी श्रेष्ठ गृह मन्त्री रहँदा गृह सचिव बनेर समेत काम गरेका थिए ।

बैठकको टिप्पणी उठाएर राजस्व सचिव घिमिरेले तीन जनको नाम सिलबन्दी गरी केहि बेरमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कार्यक्रम तय भएको छ ।

मंगलबार बस्ने मन्त्रिपरिषदको बैठकले नै डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्