Skip to content
Shikhar Insurance
National Life

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला, रिट दरपिठ गर्ने निर्णय सर्वाेच्चद्धारा सदर

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाेच्च अदालतले डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउन हुन्न भन्दै दायर गर्न खोजिएको रिट दरपिठ गर्ने प्रशासनको आदेश सदर गरेको छ । न्यायाधिश सपना मल्लको इजलासले रिट दरपिठ गर्ने प्रशासनको निर्णउ सदर गरेकी हुन् । अब डा. पौडेललाई गभर्नर बन्ने बाटो खुला भएको छ । आजै सिफारिस समितिले सिफारिस गरेपछि साँझ बस्ने मन्त्रिपरिषद बैठकले डा. पौडेललाई गभर्नर नियुक्त गर्नेछ ।

अर्थमन्त्री बिष्णु पौडेल संयोजक र डा. पोषराज पाण्डे तथा पूर्व गभर्नर महाप्रसाद अधिकारी सदस्य रहेको सिफारिस समितिको बैठक अहिले अर्थमन्त्रालयमा बसिरहेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ । गभर्नर नियुक्तीमा काँग्रेस–एमालेबिच कुरा नमिल्दा सरकार नै ढल्ने अवस्था निर्माण भएको थियो । मंगलबार बिहान मात्रै काँग्रेस सभापति शेर बहादुर देउवाले डा. पौडेललाई आजै गभर्नर नियुक्त नगरे सरकार ढाल्ने चेतावनी दिएका थिए । देउवा र ओलीबिच बालुवाटारमा भएको छलफलमा सरकार ढल्ने अवस्था आएपछि प्रधानमन्त्री ओली आजै डा. पौडेललाई गभर्नर बनाउन तयार भएका थिए ।

डा. पौडेललाई गभर्नर बनाउन हुन्न भन्दै अभिवक्ताद्धय प्रतिभा उप्रेति र बिशाल थापाले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । डा. पौडेल नेपाली काँग्रेसको कार्यकर्ता भएको र उनले पार्टीका तर्फबाट चुनाव समेत लडेकाले डा. पौडेललाई गभर्नर बनाउन नहुने तर्क गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्