Skip to content
Shikhar Insurance
National Life

गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा सुरु, यी तीन जनाको नाम सिफारिस हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्रालयमा गर्भरनर सिफारिस समितिको बैठक सुरु भएको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको बैठक कक्षमा बैठक सुरु भएको हो ।

बैठकमा समिती संयोजक विष्णुप्रसाद पौडेल, पुर्व गभर्नर महाप्रसाद अधिकारी, अर्थविद डा.पोषराज पाण्डेय र राजस्व सचिव दिनेश घिमिरे सहभागी छन् ।

गभर्नर सिफारिस समिति चैत ११ गते नै बनेपनि बैठक बस्न सकेको थिएन । सिफारिस समितिको बैठक पहिलो पटक बसेको हो । राष्ट्र बैंकको गभर्नर कसले लिने भन्ने विषयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच चर्को विवाद रहँदै आएको छ ।

मंगलबार सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भेटघाट भएको थियो । सो भेटमा डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउन सहमति जुटेको बुझिएको छ । यस्तै अन्य २ जनामा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगाना र डा. अङगराज तिमल्सिनाको नाम पाठाउने समितिको तयारी छ ।

अहिलेसम्म के–के भयो ?

– राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु १ महिना अगावै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था

–२०८१ फागुन २१ गते गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद छलफल

–२०८१ फागुन २७ गते अर्थमन्त्रालय सम्वद्ध पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड २०७३ संशोधन, ६५ वर्ष उमेर नाघेका व्यक्ति पनि गभर्नर नियुक्ति हुन पाउने नयाँ व्यवस्था

–गभर्नर सिफारिस समितिमा काँग्रेसले पनि सदस्य पाउनु पर्नेमा जोड

–२०८१ चैत ११ मन्त्रिपरिषदबाट गभर्नर सिफारिस समिति गठन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा पुर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सदस्य

–२०८१ चैत १८ गते बालुवाटार पुगेर काँग्रेस सभापति देउवाले गर्भनरमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्न दबाब

–२०८१ चैत २४ गते राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगानालाई कामु गभर्नरको जिम्मेवारी

–२०८१ चैत ३१ मा अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाइने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता ।

–२०८२ बैशाख २ गते न्यायधिस नित्यानन्द पाण्डेयको एकल इजलासले तत्काल ६५ वर्ष उमेर पुरा भएको व्यक्तिलाई गभर्नर नियुक्ति नगर्न सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी।

–२०८२ बैशाख २ गते ओलीलाई भेटेर बिचौलियाको मान्छे गभर्नर नबनाए सरकार बसमा छैन भन्दै अन्तिम चेतावनी

–२०८२ बैशाख ३ गते संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्भनर विषयमा ओली–देउवाबिच सहमति भएको दाबी

–२०८२ बैशाख ५ गते गभर्नर नियुक्तिमा समहति जुटेको र सिफरिसमा पर्न राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टद्धरा राजिनामा

–२०८२ बैशाख ५ गते कार्यकारी निर्देशक भट्टको राजिनामा अस्वीकृत

–२०८२ बैशाख ७ गते नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा परिवार सहित थाइल्याण्ड प्रस्थान

–कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता

– २०८२ बैशाख ८ गते कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन हेर्न नभ्याइनेमा

–२०८२ बैशाख ८ मन्त्रिपरिषदको बैठकमा गभर्नर विषयले प्रवेश नै पाएन ।

–गभर्नर सिफारिस समिति सदस्य विजयनाथ भट्टराईको राजिनामा

–२०८२ बैशाख १७ गते ६५ वर्ष माथिका व्यक्तिलाई गभर्नर नबनाउन सरकारको नाममा न्यायधिसद्धय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको अन्तरिम आदेशमा निरन्तरता, डा.गुणाकर भट्टको मुद्दामा प्रवेश नगर्ने

– २०८२ बैशाख १७ गते गभर्नर सिफारिस समितिमा पुर्व गभर्नर महाप्रसाद अधिकारी नियुक्त

– २०८२ बैशाख २३ काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीले आफूलाई गभर्नर दिइसकेको दाबी, राष्ट्र बैंककै कारण गर्भनर नियुक्ति ढिलाई भएको आरोप

–२०८२ बैशाख २८ गते गभर्नर सिफारिस समितिका सदस्य अर्थविद डा.विश्व पौडेलको सिफारिस समितिबाट राजिनामा

–२०८२ बैशाख ३१ गते गभर्नर सिफारिस समितिमा विज्ञ सदस्य डा.पोषराज पाण्डे नियुक्त

-२०८२ जेठ ६ गते पहिलो पटक सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा बस्यो

गभर्नरका लागि देउवाका तीन नाम, अदालतले नरोके डा. विश्वनाथ पौडेल गभर्नर

 

GBIME

प्रतिक्रिया दिनुहोस्