Skip to content
Shikhar Insurance
National Life

शंकास्पद कारोबार तथा गतिविधि ४९ प्रतिशतले बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिको संख्या ४९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइ (FIU-Nepal) ले सार्वजनिक गरेको न्यूजलेटरअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा शंकास्पद कारोबार प्रतिवेदन ४९ प्रतिशतले बढेको हो ।

उक्त न्यूजलेटरअनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६ हजार २ सय ५५ रहेको थियो भने सन् २०२४ मा बढेर ९ हजार ३०४ पुगेको छ ।

प्राप्त प्रतिवेदनहरूमध्ये सन् २०२४ मा इकाईले जम्मा १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने तथा अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

सो मध्ये ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनस् विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ । सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८ सय ५५ पुगेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ्ग तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्नेरअनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या सन् २०२३ को अन्त्यमा १,४९६ रहेकोमा सन् २०२४ को अन्त्यमा १,९०५ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

इकाइका कर्मचारी, सम्बद्ध निकाय तथा सूचक संस्थाहरूको क्षमता अभिवृद्धिसम्बन्धी सन् २०२४ मा इकाईले गरेका वा सहभागी भएका विविध गतिविधिहरू बारे जानकारी दिइएको छ ।

राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले सन् २०२४ मा गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी कार्यहरू प्रस्तुत गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा वित्तीय जानकारी इकाईद्वारा लिखित दुईवटा लेखहरू समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

इकाइले सन् २०२४ मा प्रकाशन गरेका प्रतिवेदन, जारी गरेका मार्गदर्शन तथा इकाईको वेबसाईटमा उपलब्ध उपयोगी सामग्रीका साथै सन् २०२४ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित उपयोगी प्रतिवेदनरप्रकाशनका लिङ सहितको जानकारी उपलब्ध गराइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्