Skip to content
Shikhar Insurance
National Life

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ: डा आयान बनर्जी

Hyundai
NCELL
NIMB

काठमाडौं । प्राक्टिकल एक्शनका एशिया क्षेत्रीय निर्देशक डा आयान बनर्जीले सगरमाथा संवादले नेपाललाई जलवायुजन्य जोखिम समुदायको लागि समाधान खोज्नेने नेतृत्वकर्ताको रूपमा स्थापित गरेको बताएका छन् ।

विज्ञ बनर्जीले सरोकारवालाहरूलाई एकै स्थानमा ल्याएर हिमालदेखि समुन्द्रसम्मको पारिस्थितिकीय प्रणालीमा आधारित समाधान खोज्ने प्रयास गर्नु आफैँमा महत्त्वपूर्ण कार्य भएको भन्दै नेपाल सरकारको प्रशंसा गरे ।

नेपाल सरकारले जलवायु परिवर्तन र वित्त सम्बन्धी पहललाई तिब्रता दिँदै बहु–सरोकारवाला संवादको शुरुवात गरी विश्वलाई सकारात्मक सन्देश दिएको विज्ञ बनर्जीले उल्लेख गरे । सगरमाथा संवाद आफैँमा महत्त्वपूर्ण भएको बताउँदै जलवायु कार्यमा देखिएको स्रोत पहुँचको दूरी कम गर्ने सवालमा पनि संवादले पैरवी गरेको उनको जनाए ।

संवादमा सहभागी हुन नेपाल आएका डाक्टर बनर्जीले क्षेत्रीय स्तरमा बहस छलफल गर्न सगरमाथा संवाद जस्तो बहु–देशीय र बहु–सरोकारवाला गठबन्धन आवश्यक रहेकोमा जोड दिए । निर्देशक बनर्जीले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको गति हाम्रा कार्यभन्दा तिब्र हुने भएकाले पूर्वसूचना प्रणालीलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले तत्काल जलवायु वित्त सम्मको पहुँच कमजोर भएकोले स्रोत सम्मको पहुँच र वकालतमा सगरमाथा संवाद जस्ता बहु–सरोकारवाला मंचले सकारात्मक र प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सगरमाथा संवादले नेपाललाई जलवायु संकटको अग्रपङ्क्तिमा रहेका समुदायहरूका लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने अपेक्षा गरेको बताए ।

नविन प्रविधिहरूले जलवायु संकटको प्रभावलाई न्युनिकरण गर्ने सम्भावना बोकेको हुने भएकाले एआई लगायतका प्रविधिलाई समस्या समाधानको हिस्साको रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

प्राक्टिकल एक्शनले विगत लामो समयदेखि नेपालमा जलवायु परिर्वतन, पूर्वसूचना प्रणाली र नविकरणीय उर्जामा काम गर्दे आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्