Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा सूचिकृत भयो युनियन लाइफ इन्स्योरेन्स

Hyundai
NCELL
NIMB

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरे ।

कम्पनीले असार २४ देखि २८ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड असार ३१ गते गरेकोमा आइपिओमा शेयर पाउने शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले प्रभु क्यापिटललाई आगामी दुई वर्षको लागि २०७८ श्रावण १ देखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि युएलआई सिम्बोल पाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्