काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको पनि उनले बताए ।
यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको उनको भनाइ छ । यसले मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए । गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ ।
‘आपुर्ति श्रृंखला व्यवस्थीत गर्न यो सँस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिहेका छौं । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण व्यवसायिक संस्थाको रुपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपुर्ति श्रृंखलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्