काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिवद्धता जनाएका हुुन् ।
उनले आगामी दिनमा बनाइने रंगशाला, र पन:निर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताउँदै मधेस प्रदेशमा रहेको नारायणी रंगशालालाई पनि अपाङ्गमैत्री रंगशाला बनाइरहेको जानाए ।
मन्त्री चौधरीले भने, ‘हामीले आगामी दिनमा धेरै रंगशालाहरु, ठूला ठूला रंगशाला निर्माण गर्नुपर्नेछ । पुरानो रंगशालाहरु पनि सोचेअनुसारको मर्मतसम्भार हुन सकेको छैन । मधेस प्रदेशमा नारायणी रंगशाला, नेपालको सबैभन्दा पहिलो दशरथ र दोस्रो रंगशाला नारायणी रंगशाला हो । त्यो रंगशालामा अहिले पनि भौतिक पूर्वाधार राम्रो नभएको हुनाले त्यो रंगशालालाई अपांगमैत्री बनाउने गरी अघि बढिरहेका छौँ । अब नयाँ पूर्वाधार निर्माण र मर्मतसम्भार गर्दा हामी अपांगमैत्री बनाउने अवधारणामा छौँ । अब जति पनि रंगशाला बन्छन्, ति अपांगमैत्री हुनेछन् ।’
मन्त्री चौधरीले दशरथ रंगशाला पनि पूर्ण रुपमा अपाङ्गमैत्री हुन नसकेको र पोखरा रंगशालालाई भने अपाङ्गमैत्री रंगशाला बनाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्