Skip to content
Shikhar Insurance
National Life

१९.३० अंकले सेयर बजार बढ्दा ७ अर्ब ३५ करोडको कारोबार, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३० अंकले बढेर २६२८.३६ मा पुगेको हो ।

सोमबार ३२४ कम्पनीले ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँको १ करोड ६२ लाख ५ हजार ५ सय ५८ कित्ता सेयर किनबेच गरेका छन् ।

सोमबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । सोमबारको कारोबारमा कम्पनीले कुल ५९ करोड ७६ लाख ३५ हजार रुपैयाँ बराबरको रकम संकलन गरेको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय २४ रुपैयाँ रहेको छ ।

सोमबार १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्