Skip to content
Shikhar Insurance
National Life

चालु आवमा सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिएको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले सोधका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेको बताए । जसमा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुने जानकारी दिए ।

नेपालमा मुलत: स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गरेको बताए ।

मन्त्री अधिकारीले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत्र मसान्तसम्ममा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुनेछन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रलयले वार्षिक र भन्सार बिन्दुबाट नियमित रुपमा तथ्यांक राख्ने गरेको व्यहोरा सम्मानित संसदमा जानकारी गराउन चाहन्छु, नेपालमा मुलत: स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गर्दछ ।’

उनले चालु आव ०८१/०८२ मा चैत्र महिनासम्म खाद्यान्नको आयात ४७.८ अर्ब रहेको भन्दै निर्यात ६.२ करोड रहेको बताए । खाद्यान्न बालीमा व्यापार घाटा ४७.७ अर्ब, तरकारी बालीको आयात ३१.५२ अर्ब र निर्याततर्फ ४०.८२ करोड देखिएको बताउँदै फलफूल बालीको आयात १८.२ अर्ब र निर्यात १.७ करोड रहेको बताए ।

मन्त्री अधिकारीले सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्