काठमाडौं । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारीअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्:
खानपानमा १० प्रतिशत छुट
केबलकार टिकटमा २० प्रतिशत छुट
आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा नि:शुल्क
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने बैंकले जनाएको छ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्त्वपूर्ण उपलब्धि हो।
प्रतिक्रिया दिनुहोस्