Skip to content
Shikhar Insurance
National Life

विश्व व्यवस्था तिब्र रुपमा परिवर्तन हुँदैछ: पूर्वप्रधानमन्त्री भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भुमिका खेल्नको लागि नेपालमा आइतबारबाट एम्बास्डर्स क्लव र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोवल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को सुरुवात भएको छ । सोही अवसरमा नेपालको पहिलो कुटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लव र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्त्वपूर्ण भुमिका रहने बताए ।

वैश्विक व्यवस्था तिब्र रुपमा परिवर्तन भइरहेको भन्दै नेपाल अब किनारामा बस्न नसक्ने उल्लेख गरे । उनले शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम भएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘वैश्विक व्यवस्था तिब्र रूपमा परिवर्तन हुँदैछ । र नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम हो ।’

कार्यक्रममा अम्बासडर्स क्ल र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदुत डा सर्मिला पराजुली ढकालले महत्त्वपूर्ण संस्थाहरुको उद्घाटन केबल शुरुवात मात्र नभई यात्राको थालनी भएको बताए । यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्‍याउने यात्रा भएको उल्लेख गरे । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुञ्जिने उनको विश्वास छ ।

उनले भने, ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्‍याउने यात्रा हो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुन्जिनेछ । साना राष्ट्रहरू उभिनुपर्छ । द्वन्द्वमा होइन, दृढतामा । हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभुतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ । विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन ।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र नभइ पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने बताउँदै नेपालको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुन: परिभाषित गर्नु रहेको बताए ।

उनले भने, ‘आज नेपालको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुन: परिभाषित गर्नु हो-निष्क्रियताबाट होइन, रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत, त्यो चुनौतीको उत्तर हो । यस्तो प्लेटफर्म जहा नेपाल अरूबाट प्रतिनिधित्वको पर्खाइमा बस्दैन, तर दृढता, उद्देश्य र सिद्धान्तसाथ आफैं बोल्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्