काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको वित्तीय आम्दानी २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ रहेकाे छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ थियो ।
त्यसैगरी, १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड ७२ लाख रुपैयाँ, कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको इपीएस २१.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.९३ र पीई रेसियो ४२.७४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्