काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ६०० रुपैयाँले बढको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिन १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य आज दोस्रो दिन स्थिर भएको हो । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्