Skip to content
Shikhar Insurance
National Life

भारतलाई नि:शुल्क शालिग्राम दिनु गलत : वामदेव गौतम

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई नि:शुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताएका हुन् ।

उनले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताए । उनले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिकनै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको टिप्पणी गरे ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले अहिलेको पुँजीले गर्नसक्ने जतिमात्र काम गर्नुपर्नेमा जोड दिए । यदि देश विकास नै गर्ने हो भने औद्योगिकीकरण गर्ने भनेको क्षेत्र कृषिमात्रै भएको दाबी गर्नुभयो । तर बजेट र योजना फरक भएको भन्दै कृषिमा बजेट दिनुको साटो किसानई बजेट दिँदा फरक हुने उनको भलानाइ छ । उनले विदेशबाट भित्रने रेमिट्यान्सको सही सदुपयोग गरेर उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्