Skip to content
Shikhar Insurance
National Life

इप्पानलाई सेबोनको धम्कीपूर्ण पत्र, ‘अख्तियारपछि ओली कहाँ पुग्यो प्रमाण’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले स्वतन्त्र उर्जा उत्पादकहरुलाई धम्कीपूर्ण पत्र पठाएका छन् । अध्यक्ष श्रेष्ठले धितोपत्र बोर्डका निर्देशक श्यामु मण्डलका नामबाट स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, इप्पानलाई पत्र पठाएका हुन् ।

पत्र संख्या २०८१।८२ र चलानी नम्बर: ३०९९ मा पठाईएको पत्रमा ‘आधिकारीक धारणा उपलब्ध गराउने सम्बन्धमा’ भनिएको छ ।

बैशाख ३० गते इप्पानलाई सम्बोधन गर्दै लेखिएको पत्रमा ‘श्री अध्यक्षको कार्यालय, धितोपत्र बोर्ड ।’ लाई बोधार्थ गरिएको छ ।

पत्रमा लेखिएको छ–‘….बोर्ड अध्यक्षको सम्बन्धमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल जस्तो जिम्मेवार संस्थाका अध्यक्ष लगायत अन्य पदाधिकारीको नाम नै उदृत गरि यस्तो प्रकारको आरोप आएको सन्दर्भमा सो आरोपका सम्बन्धमा कुनै आधार वा तथ्यगत विवरण भएमा उपलब्ध गराउन तथा यस सम्बन्धमा तहाँ संस्थाको आधिकारीक धारणा समेत उपलब्ध गराउनु हुन बोर्डको मिति २०८२।०१।२५ को निर्णयानुसार अनुरोध छ ।’

पत्रमा बोर्डको निर्णय भनेको सञ्चालक समितिको निर्णय हो वा बोर्ड अध्यक्षस्तरिय निर्णय हो भन्ने बिषयमा पनि स्पष्ट लेखिएको छैन् ।

‘पत्रमा बोर्डको बैशाख २५ गतेको निर्णय अनुसार भनिएको छ, त्यो निर्णय भनेको सञ्चालक समितिको हो की अध्यक्षको हो की कार्यकारी निर्देशकहरुको हो ? भन्ने केहि उल्लेख भएको देखिन्न, यो कस्तो पत्र हो ?’, बोर्ड उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

धितोपत्र बोर्डमा बिचौलिया आतंक-‘आइपीओ स्वीकृतिका लागि ७% सम्म कमिशन अनिवार्य’

धितोपत्र बोर्डमा बिचौलिया आतंक-‘आइपीओ स्वीकृतिका लागि ७% सम्म कमिशन अनिवार्य’

आरोपितले नै प्रमाण माग्ने ?

उता, आईपीओ निष्काशनमा कमिसन मागेको आरोप लगाउने निजी उर्जा उत्पादकहरुले भने सो सम्बन्धी प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको बताएका छन् । ‘हामीले कमिसन मागेको अडियो, र मेसेज लगायतका प्रमाणहरु अख्तियारमा बुझाएका छौं, धितोपत्र बोर्डले हामीसँग प्रमाण माग्ने होइन, अख्तियारमा गएर सफाई पेश गर्ने हो ।’

स्वतन्त्र उर्जा उत्पादकहरुले भने आरोपित(बोर्ड) अध्यक्षले ले नै आफुहरुसँग प्रमाण माग्नु आफैंमा हास्यास्पद बिषय भएको बताए । ‘हामीले बोर्ड अध्यक्षका नाममा हामीसँग कमिसन मागियो भनेर अख्तियारमा उजुरी दिएका छौं, जो आरोपी हुन्, उनैले प्रमाण माग्ने पनि हुन्छ ? ति उर्जा उत्पादकले भने ।

प्रधानमन्त्री कार्यालय पनि पुग्यो प्रमाण

इप्पान आवद्ध उर्जा उत्पादकहरुले आवश्यक प्रमाण अख्तियार र प्रधानमन्त्री कार्यालयमा पनि बुझाएको बताएक छन् । ‘हामीले कमिसन सम्बन्धी प्रमाण अख्तियारमा बुझाएका छौं, अलि धेरै दबाब आउन थालेपछि त्यो प्रमाण प्रधानमन्त्री कार्यालयमा पनि पुर्याएका छौं ।’, ति उर्जा उत्पादकले सिंहदरबारसँग भने ।

प्रधानमन्त्री ओली समक्ष प्रमाण पुर्याएको र अब कस्तो एक्सन लिन्छन् भनेर हेरिरहेको पनि उनीहरुले बताएका छन् । ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनिरहनु भएको छ, कमिसन मागेको प्रमाण बुझाएका छौं, अब के गर्नुहुन्छ ? प्रतिक्षा गरिरहेका छौं ।’ अर्का उर्जा उत्पादकले भने ।

उर्जा उत्पादकहरुले अख्तियार प्रमुखलाई आइतबार नै बुझाएका थिए कमिसन मागेको प्रमाण

उर्जा उत्पादकहरुले अख्तियार प्रमुखलाई आइतबार नै बुझाएका थिए कमिसन मागेको प्रमाण

बर्खास्त गर्न माग

उता, संसदमा पनि धितोपत्र बोर्डका अध्यक्षको नाममा उर्जा उत्पादकहरुसँग कमिसन मागिएको बिषयमा गर्मागरम बहस चलिरहेको छ । काँग्रेस सांसद बिनोद चौधरी, माओवादी सांसद माधव सापकोटा, राप्रपा सांसद रोशन कार्की, रास्वपा सांसद हरि ढकाल लगायतले यो बिषयमा गम्भिर भएर छानविन गर्नुपर्ने माग गरिरहेका छन् ।

बोर्ड अध्यक्षको नाममा केहि बिचौलियाहरुले उर्जा उत्पादकहरुसँग आईपीओको स्वीकृतिका लागि ७ प्रतिशतसम्म कमिसन मागेको बिषय सार्वजनिक गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्