काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.७९ अंकले घटेर २६०९.०५ मा पुगेको हो ।
आइतबार ३ सय ९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७ सय ३७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३ सय १२ रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।
आइतबार १ सय कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ८.७१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्