काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सेयर जेठ ५ गते बुकक्लोज गर्ने लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
उक्त हकप्रद सेयरमा जेठ ४ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्