Shikhar Insurance
National Life

अखिल फोर्सलाई माधव नेपालको निर्देशनः गलत प्रवृत्तिविरुद्ध सतिसालझै उभिनुस्

सिंहदरबार संवाददाता
२०७८ श्रावण १६, शनिबार २०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा राजधानीमा आयोजित अखिल फोर्स बृहत् भेलामा उनले अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए ।

वरिष्ठ नेता नेपालले भने, “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पु¥याउनुस्, सही विचार मार्क्सवाद हो, यसको अध्ययन गर्नुस् ।” लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्दै उनले प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुसंस्कृत, सभ्य र मूल्य मान्यतामा आधारित समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै उनले लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपाल समूहका अध्यक्ष सुरेश पराजुलीले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको सङ्गठनले पार्टी र वाम एकताको पक्षमा निरन्तर लागिरहेको बताए ।

सहअध्यक्ष असिम आलमले मुलुकमा शैक्षिक माफियाविरुद्ध गुणस्तरीय शिक्षाका लागि तथा समाजमा देखिएका विकृति र गुण्डाप्रवृत्ति रोक्न सङ्गठनले काम गर्ने बताए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्