Skip to content
Shikhar Insurance
National Life

अनेरास्ववियूद्वारा ढुङ्गेल र पराजुलीलाई सम्मान, विद्यार्थी दिवसमा विचार गोष्ठी सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम आयजना भएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलको उपस्थिति रहेको थियो।

सो अवसरमा अनेरास्ववियूका पूर्व अध्यक्ष माधव ढुङ्गेल र सुदेश पराजुलीलाई सम्मान गरिएको थियो। त्यस्तै, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मालाई नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएकोमा बधाई दिँदै बिदाई समेत गरियो।

अनेरास्ववियूले यो कार्यक्रमलाई ऐतिहासिक दिनको रुपमा मनाएको अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष अशोक थापाले जानकारी दिएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्