Skip to content
Shikhar Insurance
National Life

काँग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

Hyundai
NCELL
NIMB

सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् । सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने ।

गृहमन्त्री लेखकले भने ‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’ उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्