काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.४१ अंकले घटेर २६११.८५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३ सय २० कम्पनीको १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४६ करोड १९ लाख १५ हजार बराबर रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूलय प्रतिकित्ता ५ सय ७३ रुपैयाँ पुगेको छ ।
बिहीबार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूलय ९.१० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्