Skip to content
Shikhar Insurance
National Life

सूक्ष्म सुधारको चरणमा छौँ-उपाध्यक्ष अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आफुहरु अहिले सुक्ष्म सुधारको चरणमा रहेको बताएका छन् ।

बिहिबार पूर्व योजनकार मञ्च नेपालको शुभारम्भ कार्यक्रमा बोल्नु हुँदै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रलाई अगाडी बढाउन, शैली परिवर्तन गराउन र काम गर्ने ढाँचामा फरकपन ल्याउन सो कुरा आवश्यक भएको बताए ।

उनले यस अघि आयोजनाको नाममा जस्ता पनि आयोजना समावेश भएको र आयोजनाको परिभाषा नै नभएको अवस्थामा अहिले त्यस्तो परिपाटीलाई बन्द गरिएको बताए । उनले आयोजना बैँकलाई सुधार गरी पहिलाका योजनाहरु आर्काइभमा राखिएको र नयाँ सिराबाट सुरु गरिएको जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले गत वर्ष मधेश प्रदेशबाट एउटा पनि आयोजना नपरेको जनाउँदै अहिले सबैभन्दा बढी आयोजना मधेश प्रदेशबाट परेको समेत जानकारी दिदैँ संघबाट ३ करोड भन्दा कमको योजना राख्न नमिल्ने नै बनाएको र सफल दिशामा अगाडी बढेको समेत प्रष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्