Skip to content
Shikhar Insurance
National Life

टेरामक्स खरिदमा ३ अर्ब २१ करोडको भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिदमा अनियमितता भएको भन्दै तत्कालीन सञ्चारमन्त्री मोहन बहादुर बस्नेत सहित दुरसञ्चार प्राधिकराणका अधिकारीहरुविरुद्ध भ्रष्टाचार मूद्दा दायर गरेकोे छ ।

अख्तियारले बिहिबार उनीहरु १६ जना विरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी भष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियारले सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद वस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रनेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी परामर्शदाता Vanrise Solutions SAL (Offshore) र सोका मुख्य व्यक्ति CEO Jamal Anouti, Vanrise Solutions SAL (Offshore) को Local Agent भनिएको Connection Trade Link Pvt.Ltd. Kathmandu, Nepal र सोका अध्यक्ष दिलिप कुमार गुरुङ्ग तथा निर्देशक तेज प्रसाद खरेल विरुद्ध बिगो कायम गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्