काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएकोे छ । आज छापावाला सुन प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्