Skip to content
Shikhar Insurance
National Life

‘निजी क्षेत्रको चाहना नै उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन’ अध्यक्ष अग्रवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्र: उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री आगामी बजेट निर्माणमा घनिभुत भएर लागिरहेको र विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्नेगरी बजेट ल्याउनुपर्ने दायित्व रहेको जिकिर गरे । उनले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले तत्काल गर्नुपर्ने, मध्यकालीन एवं दीर्घकालीन सुधारका सुझावहरू दिएको बताए ।

उनले केही सुझावहरू आगामी बजेटबाटै कार्यान्वयनमा लैजाने खालका रहेको उल्लेख गर्दै कतिपय मन्त्रीपरिषद्ले निर्णय गरेर पनि कार्यान्वयनमा लैजान सकिने सुझावहरू आयोगले दिएको बताउँदै आयोगका सुझावहरू कार्यान्वयन होस् भन्ने निजी क्षेत्रको चाहाना रहेको बताए ।

उनले भने, ँमाननीय मन्त्रीज्यु आगामी बजेट निर्माणमा घनिभुत भएर लागिरहनुभएको छ । उहाँको समग्र ध्यान आगामी बजेटमा नै छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्ने गरी बजेट ल्याउनुपर्ने दायित्व उहाँमा छ । आयोगले पनि सुझाव दिँदा तत्काल गर्नुपर्ने, मध्यकालीन एवम् दीर्घकालीन सुधारका सुझावहरू दिएको छ । कतिपय सुझावहरू आगामी बजेटबाटै कार्यान्वयनमा लैजाने खालका छन् भने कतिपय मन्त्रीपरिषद्ले निर्णय गरेर पनि कार्यान्वयनमा लैजान सकिने विषयहरू छन् । त्यसैले आयोगका सुझावहरू कार्यान्वयन होस् । समयमै होस् भन्ने निजी क्षेत्रको चाहाना छ ।”

उनले सरकारले आयोगले दिएका सुझावहरू कार्यान्वयन नगरे आगामी दिनहरूमा बन्ने आयोगको औचित्य नरहने जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्