काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्