काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कर प्रयोजनको लागि कम्पनीले ०.७८ प्रतिशत छुट्याइएको छ । कम्पनीको बैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश लगानीकर्ताले भने नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र पाउँने छन् ।
प्रतिक्रिया दिनुहोस्