काठमाडौं । जेठ महिनाका लागि अधिकांश बैंकहरूले मुद्दतीको ब्याजदर स्थिर राखेका छन् । जेठ १ गतेदेखि लागू हुने ब्याजदर अधिकांश बैंकहरूले यथावत राखेपनि केहि बैंकले भने झीनाे अंकमा परिवर्तन गरेका छन् ।
जेठमा वाणिज्य बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ०.०२ प्रतिशत घटेको हो । जेठ महिनामा बैंकहरुको ब्याजदर औषतमा ५.९५ प्रतिशत रहेको छ । अघिल्लो महिना (बैशाख) मा यस्तो ब्याजदर औषसमा ५.९७ प्रतिशत रहेको थियो ।
जेठ महिनाका लागि १४ वटा बैंकले बैशाखकै ब्याजदरलाई निरन्तरता दिने भएको छ । त्यस्तै, जेठ महिनाका लागि ३ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकले ब्याजदर घटाएका छन् ।
जेठ महिनाका लागि एभरेष्ट बैंक, नेपाल नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाएका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि), सिद्धार्थ बैंक र कुमारी बैंकले ब्याजदर घटाएरका छन् । बाँकी १४ वटा बैंकको भने ब्याजदर स्थिर रहेको छ ।
ब्याजदर बढाएका बैंकहरु मध्ये एभरेष्ट बैंकले जेठ महिनाका लागि व्यक्तिग तर्फ ६.६४ प्रतिशत ब्याजदर दिने भएको छ भने बैशाखमा बैंकले ६.६१ प्रतिशत प्रतिशत ब्याजदर दिएको थियो ।
त्यस्तै, नेपाल बैंकले व्यक्तिगत तर्फ ५.४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । गत महिना बैंकको ब्याजदरु ५.१५ प्रतिशत रहेको थियो । त्यसैगरी, सानिमा बैंकले जेठ महिनाका लागि व्यक्तिगत तर्फ ६.३३ प्रतिशत ब्याजदर तोकेको छ जुन अघिल्लो महिनाको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।
त्यसैगरी, ब्याजदर घटाउने बैंकहरुमध्ये एनआइएमबिले जेठ महिनाका लागि व्यक्तिगत तर्फ ५.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैशाखमा बैंकको ब्याजदर ६.५ प्रतिशत रहेको थियो ।
यस्तै, सिद्धार्थ बैंकले जेठ महिनाका लागि व्यक्तिगत तर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले ५.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा क्रमश: ०.२५ प्रतिशत र ०.०१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्