काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ४ लाख १८ हजार ८२६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्