काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले अवकासमा जाानु अघि विद्युतिय गाडी व्यापारीहरुसँग सम्झौता गरि राज्यलााई अरबौं नोक्सानी हुने वातावरण बनाएका छन् ।
जागिरे अवधि करिब २ महिना मात्रै बाँकी रहेका महानिर्देशक घिमिरेले विद्युतिय सवारी साधनको मोटर क्षमतामा अरबौं कर छलि गरेका व्यवसायीमाथिको छानविन निस्प्रभावी बनाएर राज्यलाई अरबौं नोक्सानी हुने बाटोमा पुर्याएका हुन् ।
यस अघिका महानिर्देशक चक्र बहादुर बुढाले अघि बढाएको छानविन प्रक्रिया रोकेर महानिर्देशक घिमिरेले राज्यलाई नोक्सानी पुर्याएका मात्रै छैनन्, दुई तिहाई बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई समेत अटेरी गरेका छन् ।
राजस्व अनुसन्धान विभागबाट २०८१ असार ४ गते खटेको टोलीले नेपालमा ‘बिल्ड योर ड्रीम’ (बीवाइडी) ब्राण्डको विद्युतिय गाडी बिक्री गर्ने साइमेक्स इंकको केन्द्रिय कार्यालयमा छापा मारेको थियो । टोलीले कम्पनीबाट कर छलि गरेको महत्त्वपुर्ण कागजातहरु नियन्त्रणमा लिएको थियो । तत्कालिन विभागका महानिर्देशक चक्र बहादुर बुढाले बीवाईडीले छलि गरेको कर जसरी पनि असुल उपर गर्ने भन्दै अनुसन्धान अघि बढाएका थिए ।
तर प्रधानमन्त्रीमा केपी शर्मा ओली आएपछि महानिर्देशक बुढाको सरुवा भयो । यसपछि प्रधानमन्त्री ओलीले २०८१ भदौ ७ गते महानिर्देशकको जिम्मेवारी चण्डी घिमिरेलाई दिएका छन् । भदौमा जिम्मेवारी पाएका घिमिरेले इभी गाडीमा ठूलो कर छलि भएको भन्दै दलबल सहित २०८१ असोजमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्न पुगेका थिए ।
इभी गाडीमा भएको कर छलिको विषयमा कुरा सुनेपछि प्रधानमन्त्री ओलीले संसारको जुनसुकै कुनाबाट भएपनि नापजाँच गर्ने मेसिन ल्याएर कर असुली गर्न निर्देशन दिएको ब्रिफिङमा सहभागी एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने, “प्रधानमन्त्रीलाई इभी गाडीमा कर छलि भएको विषयमा हामीले स्पष्ट ब्रिफिङ गरेका हौं, ब्रिफिङपछि प्रधानमन्त्री ज्यूले संसारका जुनसुकै कुनाबाट भएपनि मेसिन ल्याएर नापजाँच गरी कर उठाउनू भनि निर्देशन दिनुभएको हो ।”
प्रधानमन्त्रीको निर्देशन प्राप्त भएको ८ महिना बित्न लाग्दा पनि कर छलिको विषयमा विभागले कुनै काम अघि बढाएको छैन । विभाग स्रोतका अनुसार महानिर्देशक घिमिरेले इभी गाडीमा भएको कर छलिको विषय अनुसन्धान गर्दा र नगर्दा हुने लाभ हानीका विषयमा प्रधानमन्त्री सचिवालयमा हिसाब बुझाएका थिए । उनले आफू केहि समयमा सेवा निवृत्त हुने भएकाले एग्रेसिभ हुनेरनहुने विषयमा सचिवालयमा अनुमति मागेको विभाग स्रोतको दाबी छ ।
प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि महानिर्देशक घिमिरेले साइमेक्स इंकमा छापा मार्न गएका समर्पुण कर्मचारीहरुलाई सरुवा गरिसकेका छन् । यसपछि उनले कुनै पनि अनुसन्धान अघि नबढ्ने भन्दै कर्मचारीहरुलाई मौखिक निर्देशन दिएको स्रोतको दाबी छ । विभाग स्रोतका अनुसार केहि इभी व्यापारीहरुसँग महानिर्देशक घिमिरेले गोप्य वार्ता गरेका थिए । वार्तापछि अनुसन्धानमा सहभागी कर्मचारीहरुलाई उनले सरुवा गरेका हुन् ।
अहिले महानिर्देशक घिमिरेसँग असल कर्मचारीहरु काम गर्न डराउने गरेका छन् । केहि समयअघि एक राजस्वको उपसचिवको विभागमा सरुवा भएको थियो । तर उनले महानिर्देशक घिमिरे महत्त्वकाँक्षी भएको र आफूले सँगै काम गर्न नसक्ने बताउँदै सरुवा बदर गरेका थिए । खराब आचरणका कर्मचारीहरु सो विभागका सरुवा हुन र जागिर थमौति लिन मरिहत्ते गर्ने गर्छन् ।
राजस्वको क्याडर घिमिरेले विभागको नेतृत्व सम्हालेपछि राजस्व चुहावटमा महत्त्वपुर्ण काम हुने अनुमान थियो । तर उनले राजस्व चुहावट रोक्न कुनैपनि महत्त्वपुर्ण अनुसन्धान गर्न सकेका छैनन् । केहि समयमै जागिर सकिने भन्दै उनलाई कर्मचारीहरुले पनि टेर्न छाडिसकेको स्रोतको दाबी छ ।
राजस्व अनुसन्धानले छापा मारेपछि कि गल्ति भेटिएन भनेर क्लिन चिट दिनुपर्छ होइन भने अनुसन्धान अघि बढाउनु पर्ने विभागका एक पुर्व महानिर्देशकले बताए । ती पुर्व महानिर्देशकले भने, “यो विभागलाई कर्मचारीहरुले गरिबी निवारणको अस्त्र मात्रै बनाए, कुरो मिले मेला नमिले झमेला शैलीमा मात्रै काम हुन थाल्यो, बीवाइडीको केस एउटा उदाहरण हो । यसरी छापा मारेपछि विभागले कित कैफियत भेटिएन भनेर क्लिन चिट दिनुपर्छ होइन भने अनुसन्धान अघि बढाउनु पर्छ ।”
महालेखा परिक्षक कार्यालयले इभी गाडीमा एकै वर्ष ५ अर्ब कर छलि भएको भन्दै बेरुजू लेखेको छ । तर नियमनकारी निकायहरु भने कर असुली गर्न उदासिन देखिएका छन् ।
यसरी छलि गरेको छ बीवाईडीले कर
साइमेक्स इंकले बिक्री गर्ने बीवाइडीको एट्टो(३ मोडेलको गाडी पहिले १५० किलोवाटमा आयात भएको थियो । सरकारले कर वृद्धि गरेसँगै बीवाईडीले फर्जी कागजात बनाएर ९९ किलो लेखाएर आयात गरेको छ । चिनियाँ अटोमेकर बीवाईडीले सो समयमा ९९ किलोवाट क्षमताको कुनैपनि गाडी निर्माण गरेको तथ्य छैन ।
तर साइमेक्स इंकले गाडी ९९ किलोवाटमा आयात गरिरहेको छ । ९९ किलोवाट र १५० किलोवाटको गाडीको फिचर, लक्जरी टर्क क्षमता सबै एकै किसिमको छ तर किलोवाटको कागजात मात्रै फरक छ । ९९ किलोवाट क्षमताको गाडी र १५० किलोवाट क्षमताको गाडी भन्सार घोषणा एकै मूल्यमा गरिएको छ । पछिल्लो समय अझै मूल्य घटाएर भन्सार जाँचपास हुन थालेका छन् ।
यस्तै, कम्पनीले अन्य मोडेलको गाडीमा समेत कर छलि भएको तत्कालिन राजस्व अनुसन्धान विभागको अनुसन्धान टोलीले उल्लेख गरेको थियो । भन्सार विभागका कर्मचारीहरुले चीनियाँ भन्सारमा अनौपचारिक कुरा गर्दा व्यापारीको आग्रहमा कागजात मात्रै निर्माण गरेको पुष्टी गरिसकेको छ ।
तर अर्थ मन्त्रालयको उच्च तहका मन्त्री र कर्मचारीको मिलेमतोमा कर असुली गर्न रोकेर राखेको छ । भन्सार विभागका पुर्व महानिर्देशक ढुण्डीप्रसाद निरौलाले २०८१ जेठ ४ गते इभी गाडीमा कर छलि भएको भन्दै असुल उपर गर्न मातहतका कार्यालयहरुलाई पत्राचार गरेको थियो । तर सो पत्र लेख्ने बित्तिकै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनको सरुवा गरेका थिए ।
इभिले छलेको १५ अर्ब राजस्व असुल्ने जिम्मा दुई महानिर्देशकलाई, हिम्मत गर्छन् कि सम्झौता ?
किलोवाट छलि प्रकरण: बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा,कागजात नियन्त्रण
प्रतिक्रिया दिनुहोस्