Skip to content
Shikhar Insurance
National Life

आगामी बजेट जनताको आशा जगाउने गरी आउनुपर्छ: सांसद विष्ट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी बजेट यथार्थ र जनताको आशा जगाउनेगरी आउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले अघि सारेका सिद्धान्त र प्राथमिकता आधारभुत रुपमा सही भएको बताए ।

उनले वर्तमान समयमा युवाहरुको तिब्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले एकाध प्रतिशतको कमाइले प्राप्त हुने आर्थिक वृद्धि वा प्रतिव्यक्ति आम्दानी अब नचाहिएको भन्दै आधारभुत वर्गको जीवनलाई माथि उठाउनेगरी, श्रमिकको पारिश्रमिक र उत्पादकत्व वृद्धि गर्नेगरि प्राकृतिक स्रोत साधन र राज्यका लाभहरुको न्यायोचित वितरण गर्नेगरी समाजवादको आधार तयार गरिनुपर्नेमा जोड दिए ।

विगत केही वर्षयता बजेट निर्माणमा अनुशासनहीता देखापरेको भन्दै उनले आउने बजेटले यस्ता अनुशासनहीताको अन्त्य गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘विनियोजन विधेयक २०८२ सदन समक्ष प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दाका सन्दर्भमा नेपालको संविधानले संवैधानिक हक, निर्देशक सिद्धान्त लगायतका नागरिकप्रतिका केही जवाफदेही र जिम्मेवारीलाई संवैधानिक व्यवस्था गरेको छ । १६ औं योजनाले पाँच वर्ष मुलुकको विकास र अर्थतन्त्रलाई कता लैजाने दिशानिर्देश गरेको छ । लामो समयदेखि नेपालका सन्दर्भमा विकासका केही गम्भीर चुनौतिहरु देखापरेका छन् । खासगरी, न्युन आर्थिक वृद्धि, न्युन उत्पादन र उत्पादकत्व, सार्वजनिक खर्च र स्रोत परिचालनको अवस्था ।’

उनले बजेटले के सन्देश दिन्छ भन्ने प्रमुख कुरा भएको बताउँदै संविधानले गरेको परिकल्पना पूरा गर्ने र सोही पदचापमा हामी हिड्दैछौं भन्ने सन्देश बजेटमार्फत दिनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्