काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ मा पुगेको हो ।
मंगलबार ३१४ कम्पनीले ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६ सय १२ रुपैयाँको २ करोड १८ लाख २८ हजार २ सय ३१ कित्ता सेयर किनबेच गरेको छ ।
मंगलबार युनिभर्सल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । मंगलबारको कारोबारमा कम्पनीले कुल ६७ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको रकम संकलन गरेको छ । कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य ४ सय ३८ रुपैयाँ रहेको छ ।
मंगलबार ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.८८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तकोे ५.४४ प्रतिशत सहित ८९ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्सको ६.२२ प्रतिशत, बुटवल पावरको ४.३१ प्रतिशत, सिक्लेस हाइड्रोपावर सहित २१३ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्