Skip to content
Shikhar Insurance
National Life

माओवादीको प्रश्न: पक्राउ पूर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्ने सुशासनको ठेक्का लिएको सरकारको सुशासनको कुन नमूना हो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाए ।

प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी रहेका थिए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि थिए । राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागि हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको कुन यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पूर्जी जारी भएको आफ्नौ पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदाखेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ । प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । सुशासनको कुन चाँही नमुना हो यो ? अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्नेगरी, इतिहासलाई नै ब्रेक गर्नेगरी रिक्त रहेको अहिलेको अवस्था छ । यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ ।’

सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाई गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्