Skip to content
Shikhar Insurance
National Life

९६ प्रतिशतले बढ्यो शिवम् सिमेन्टको नाफा, प्रतिसेयर आम्दानी ९.७९ रुपैयाँ

Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेको छ भने कुल नाफा ३१.४३ प्रतिशत बढेको छ । ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ९.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ८१.१०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ सय २८.११ र तरलता अनुपात १.६२ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्