एजेन्सी । सिरियाली राजधानीको मुख्य पानी स्रोत, राजधानीको पश्चिममा रहेको ग्रामीण इलाकामा रहेको ऐन अल–फिजेह झरनाबाट प्रवाह १९५८ पछिको सबैभन्दा कम भएसँगै दमास्कसले गम्भीर पानी संकटको सामना गरिरहेको छ ।
ऐन अल–फिजेह झरना स्टेशनका प्रमुख खालेद हसनकाअनुसार असाधारण रूपमा सुख्खा यामका कारण पानीको स्तर तिब्र रूपमा घटेको छ । दमास्कस र ग्रामीण खानेपानी प्रतिष्ठानको तथ्याङ्कको आधारमा यस क्षेत्रमा वार्षिक औसत वर्षाको २५ प्रतिशत मात्र वर्षा भएको छ । जुन लगभग सात दशकमा रेकर्ड गरिएको सबैभन्दा कम हो ।
स्टेशनका मेकानिकल प्राविधिक साइब सौफानकाअनुसार हाल झरनाबाट पानीको बहाव प्रतिसेकेन्ड दुई घन मिटर मात्र छ । जुन शहरको अनुमानित आठ घन मिटर प्रतिसेकेन्ड आवश्यकताको एक अंश हो । गत वर्ष यस समयमा झरना प्रतिसेकेन्ड १० घन मिटरमा चलिरहेको थियो ।
अभावलाई सम्बोधन गर्न सरकारले ब्याकअप इनारहरू सक्रिय गरेको छ र कडा पानी राशनिङ लागू गरिरहेको छ । सामान्यतया जुलाईसम्म पम्पिङ चरण शुरु गरेसँगै पानीको स्तर बिस्तारै प्रतिदिन २०० देखि २५० लिटरले घट्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्