Skip to content
Shikhar Insurance
National Life

बढ्यो एलआइसी नेपालकाे नाफा, कुल बीमाशुल्क १४ अर्ब माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । एलआइसी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवकोे सोही अवधिमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले १४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने १३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष १ खर्ब २९ अर्ब ८० करोड रहेको छ । ५ अर्ब रुपैयाँ सेयर पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा ६७ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ८९ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ २९ पैसा रहेको छ। पीई रेसियो १५४.६३ र प्रतिसेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्