काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसन गत आवको सोही अवधिको तुलनामा १.७९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १ अर्ब २० करोड रुपौयाँ रहेको छ ।
२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडामा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।
त्यस्तै, कम्पनीको इपीएस १६.२९ रुपैयाँ, पीइ रेसियो ४६.८१ र प्रतिसेयर नेटवर्थ १ सय ९६.८१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्